सांगितिक महामेलाको तयारी र चन्दा संकलन कार्यलाई एक साथ लैजाने
Friday, December 12, 2014
नेपाल हाउस ब्यबस्थापन समितिले दश करोड वन संकलन गरि दिर्घकालिन र ब्यबस्थित नेपाल हाउस निर्माणको महत्वकांक्षी अभियानलाई सफल बनाउन आगामी सलनाल पर्वमा दर्जनौं ख्याति प्राप्त कलाकारहरुका साथ आयोजना गर्न लागेको नेपाल हाउस सांगितिक महामेलाको बृहत तयारी सहित चन्दा संकलन कार्यलाई समेत एक साथ अगाडी बढाउने भएको छ । चन्दा संकलन कार्य शुरु भए पछि संकलित चन्दा रकमको बिबरण र सहयोगि चन्दादाताहरुको नामावलि बिबरणलाई सांगितिक महामेलाको लाईभ स्क्रीनमा पुर्व तयारीका साथ प्रशारण गर्ने सोंच सचिवालयले बनाएको छ । हाल चर्चित हास्य सम्राट द्दय मदनकृष्ण श्रेष्ठ र हरी वंश आचार्य ( मह जोडी ) को सांगितिक महामेलामा सहभागि हुने निश्चित भई सकेको र अन्य चर्चित कलाकारहरु समेत केहि दिन भित्रै निश्चित हुने सचिवालयले जनाएको छ ।