नेपाल हाउस सांगितिक महामेला सहितको परोपकारी महायज्ञ नै किन ?

Wednesday, December 10, 2014

भरत तुलाचन (कार्यालय सचिव)
                        कोरियाको राजधानी सउल स्थित नेपाल टाउन भनेर चिनिने दोङ्देमुन शहरमा एन.आर.एन कोरियाले नेपाल हाउसको स्थापना गर्ने योजनालाई सफल बनाउदै सन् २००९ मा बिधिबट रुपमा नेपाल हाउसको स्थापना भयो । स्थापना पश्चात नेपाल हाउस दोङदेमुन शहरमा करिव ३ बर्ष संचालनमा आयो । सन २०१२ मा उक्त नेपाल हाउसलाई थप बृहत उद्देश्यहरुका साथ दोङदेमुन नजिकै रहेको वन्नामडोङ सागरीमा सारिए पछि ७० जना क्षमताको सभाहल, आपत्कालिन आवास र बैठक स्थल रहेको नेपाल हाउस उद्देश्य अनुरुप थप प्रभावकारी र उपयोगि बन्दै गयो । जहां आपत्कालिन अबस्थाका बिरामी लगायत बेरोजगार प्रवासीहरुले अस्थाई आवासको रुपमा उपयोग गर्दै आई रहेका छन । थप पढ्नुहोस
त्यसको अलावा कोरियामा कृयाशील नेपाली संघ संस्थाहरुले नियमित बैठक, अधिबेशन, भेटघाट कार्यक्रम, सेमिनार, लगायतका  बिभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आउनुको साथै नेपाल हाउसमा कोरियन डाक्टरहरु सम्मिलित निशुल्क स्वास्थ्य शिबिर पनि संचालनमा आई रहेको छ ।

बहु संस्कृतिको धनि हाम्रो देश नेपालको कला र संस्कृतिलाई कोरियालीहरुको बिचमा प्रचार प्रशार गर्दै नेपाल प्रति आकर्षण गरि देश बिकाशमा टेवा दिने उद्देश्य समेत रहेको नेपाल हाउस कोरियाली भूमिमा आपत बिपतमा परेका प्रवासीहरु र नेपाली संघ संस्थाहरु माझ यस्को उपयोगिता र महत्व बढ्दै गईरहेको छ । तर नेपाल हाउसको महत्व र उपयोगिता जति बढ्दो छ, त्यति नै यसको संचालन र संरक्षणमा कठिनाई आई रहेको पनि छ । मासिक घर भांडा १० लाख वन र मासिक संचालन खर्च ४०० लाख वन गरि मासिक १४ लाख वन (१४०० डलर) तिर्नु पर्ने बाध्यताले नेपाल हाउसको अगाडीको यात्रामा  भने करिव पूर्ण बिराम लगाउने स्थिति छ । त्यसो त विना कुनै आम्दानीको श्रोट मासिक १४ लाख वन भुक्तान गर्नु पर्ने बाध्यात्मक परिस्थितिलाई कम सजिलो आंक्न मिल्दैन । हाल सम्म संघ संस्थाहरुको छिटपूट सहयोग,साना ठूला सांस्कृतिक कार्यक्रमहरु, चन्दा सहयोग, कोरियन दाताहरुको धेरथोर सहयोग आदिबाट नेपाल हाउस मुश्किलले यहां सम्म आईरहेको छ ।
बिगतमा नेपाल हाउस संचालन गर्ने सरल बिकल्पहरुका बारेमा  कोरियामा कृयाशील संघसंस्थाहरुका प्रतिनिधिहरु बिच पटक पटक अन्तर्कृया र वार्ताहरु भए । बिगत दुई बर्ष देखि बिभिन्न समयमा भएका अन्तर्कृयाहरुबाट कुनै ठोस लक्ष सहितको निचोड नआएता पनि गत मे महिनामा भएको अन्तर्कृया मार्फत भने नेपाल हाउसलाई दिर्घकालिन र ब्यबस्थित नेपाल हाउस बनाउनको लागि १० करोड संकल अभियानमा सबै संघ संस्थाहरु लागि पर्ने सहमति भयो । दश करोड वन संकलन अभियानलाई सफल बनाउन आर्थिक श्रोट जुटाउने बिभिन्न माध्यमहरुको बारेमा चर्चा भयो । सोहि अन्तर्कृयाबाटै बृहत सांस्कृतिक कार्यक्रम सहित बृहत रुपमा चन्दा संकलन गरि यस महान अभियानलाई पूरा गर्नु पर्ने लक्ष सहित कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु मूल ब्यबस्थापन समितिमा पदेन सदस्य रहने गरि १३ सदस्सीय सचिवालय (कार्य सम्पादन समिति)को निर्माण भयो ।
सचिवालयको निर्माण पछि हाल सम्मको अबधिमा सचिवालयको तर्फबाट पटक पटक बैठक,अन्तर्कृया कार्यक्रमहरु भएका छन । सचिवालयले गत सेप्टेम्बर महिना अर्थात कोरियाको महान पर्व छुसकमा बृहत सांस्कृतिक महामेलाको आयोजना गर्ने तयारी गरिएता पनि अन्य आयोजक संस्थाहरु संग पटक पटकको बार्ताहरुले सफलता पाउन नसके पछि दोश्रो ठूलो महान पर्व सलनाललाई मूख्य र अन्तिम लक्ष बनायो । सोहि अनुरुप सचिवालयले गत नोभेम्बर ९ तारिख आईतबार नेपाल हाउस सभाहलमा कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई सामूहिक आव्हान गर्दै बृहत अन्तर्कृया कार्यक्रमको आयोजना गर्यो । करिव ९० प्रतिशत संघसंस्थाका प्रतिनिधिहरु उपस्थित कार्यक्रमले नेपाल हाउसले सांगितिक महामेलाको आयोजना गर्नु पर्ने अडान लिए । त्यसको ३ हप्ता पछि नेपाल सम्पर्क समितिको बिशेष बैठकले औपचारिक रुपमै नेपाल हाउसलाई सांगितिक कार्यक्रम गर्न दिने निर्णय गर्यो । त्यस पश्चात नेपाल हाउस सचिवालय औपचारिक रुपमै मूल समितिमा रहेका कोरियामा कृयाशील सम्पूर्ण संघसंस्थाहरुको ब्यापक समर्थन, सहयोग र सकृयतामा नेपाल हाउस सचिवालयले नेपाल हाउस सांगितिक महामेला परोपकारी महायज्ञ कार्यक्रमको आयोजना गर्न लागि परेको छ ।
सलनालमै नेपाल हाउस सांगितिक महामेला किन ?
खास भन्नु पर्दा कोरियाली दुई ठूला पर्वहरु मध्य सेप्टेम्बर महिनामा पर्ने महान् पर्व छुसक संघसंस्थाहरुलाई कुनै पनि गतिबिधिहरु लगायत ठूला कार्यक्रमहरुको आयोजना गर्न मौशमको हिसाबले अति उत्तम मानिन्छ । किनकी त्यस पर्वमा आयोजना गर्ने कार्यक्रमहरुको प्रचार प्रसार र बिबिध तयारीहरु गर्न प्रयाप्त समय पनि हुन्छ । जाडो सिजन(फेब्रअरी)मा पर्ने पर्व सलनाल भने अत्यधिक चिसो मौशमको कारण प्रचार प्रसार र बिबिध तयारीमा हदै सम्मको कठिन हुन्छ । त्यस्तै अत्यधिक चिसोको कारण दर्शकहरुमा पनि कमिपन आउने सम्भावना रहन्छ । तर नेपाल हाउसको बर्तमान स्थिति हेर्ने हो भने अगामी छुसक पर्व सम्म मासिक १४ लाख भुक्तान गरेर अगाडी बढन सक्ने अबस्था नै छैन । मूल धरौटी स्वरुपको रकम रहुन्जेल संचालनमा आउला एक करोड वन धरौटीले कम्तिमा अबको एक दुई महिना थेग्ला, त्यस पछिको अबस्था के त ? जवाफ सजिलो छ – बन्द । तर प्रवासी नेपालीहरुको माझ लोकप्रिय र उपयोगि बन्दै गईरहेको नेपाल हाउस एकाएक बन्द भएमा पक्कै राम्रो संदेश दिंदैन । नेपाल हाउस आबश्यक्ता बिहिन ठान्ने साथीहरुले पनि एक पल्ट पुनः सोच्दा हुन्छ, कम्तिमा यसमा हाम्रो राष्ट्रको नाम जोडिएको छ, हाम्रो स्वाभिमान जोडिएको छ । नेपालीको लागि लागि भन्ने स्वर्ण अक्षर जोडिएको छ । त्यसैले पनि आगामी सलनाल पर्वमा बृहत रुपमा नेपाल हाउस सांगितिक महामेला परोपकारी महायज्ञको आयोजना गरेर यसलाई दिर्घकालिन बनाउनै पर्छ ।
तर दश करोड संकलन अभियानको लक्षमा पुग्न त्यति सहज चाहिं छैन, यदि कोरियामा रहेका २६००० प्रवासी नेपालीहरुलाई एक छाक भाट कटाएर खुला मनले नेपाल हाउसलाई सहयोग गर्न सक्ने  वातावरण बनाउन सके असम्भव पनि देखिदैन । हामी सबै लागि पर्नु पर्यो । त्यस्तै, ब्यापारी महानुभावहरुले यस परोपकारी कार्यमा मन खुलाएर धेर थोर सहयोग गर्नु हुने नै छ ।  सांगितिक महामेलालाई अत्यधिक सफल बनाउन सक्नु पर्यो, त्यो पनि असम्भव देखिदैन । तर हरेक संस्थाका साथीहरु यस सामूहिक हितको लागि हातमा हात र कांधमा कांध मिलाई हातेमेलो गर्नु पर्यो । 
                    नेपाल हाउस ब्यबस्थापन समितिको यस महत्वकांक्षी योजनालाई सफल बनाउन सकेमा नेपाल हाउस सचिवालयले नयां नेपाल हाउसको प्रस्तावित परिकल्पना अगाडी ल्याएको छ ।
क) २०० जना सम्म अट्न सक्ने सभा हल
ख)आपत् बिपत् तथा बेरोजगार महिला तथा पुरुष प्रवासीहरुको लागि छुट्टा छुट्टै अस्थाई निवासहरु
ग)एकै चोटी कम्तिमा २ वटा संघ संस्थाहरुले बैठक गर्न सक्ने बैठक स्थल
घ) नेपाल हाउस भित्र बिभिन्न रयाकहरुको निर्माण
ङ) नेपाल हाउस भित्र बिभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन गर्न सकिने गरि स्थाई प्रोजेक्टरको ब्यबस्था
च) उत्कृष्ट साउण्ड सिष्टमको ब्यबस्था
छ)नेपाल हाउस भित्र नेपाल झल्कने खालका बिभिन्न सामाग्रीहरुको सजावट र डिजाईन
ज)नेपाल हाउस ब्यबस्थापनलाई चुस्त पार्न स्वयंसेवक(अफिसियल) राख्न सकिने
जसले जस्तो सुकै तर्कहरु दिएपनि यो नै नेपाल हाउस बचाउने अन्तिम मौका र उपाय हो । तर्कहरु सुन्दै जाने र उपायहरु खोज्दै जाने हो भने त्यतिखेर धेरै ढिला भै सकेको हुनेछ । त्यसकारण यस पवित्र कार्यमा सबै तप्काका महानुभावहरुबाट मनग्य सहयोग,समर्थन र सहकार्य हुने छ ।   आगामी सलनालमा कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले नेपाल हाउसको यस महत्वकांक्षी अभियानको खुला हृदयले स्वागत गर्दै सहकार्य गरिरहेको बेला अन्य नारा तेर्स्याएर सांस्कृतिक कार्यक्रम गर्ने निचोडमा पुग्नु भएका साथीहरुले निश्वार्थ भावनाले छातीमा हात राखेर पुनः एक पल्ट सोच्दा कसो होला ? आखिर हामी सबै नेपाली, नेपालीको लागि नेपाली ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP