कोरियामा ‘मह’जोडीका साथ हुने सांगितिक महामेला संगैं पुरा हुदैंछ ‘नेपाली घर’ को सपना !
Saturday, December 27, 2014
अशोक मैनाली,कोरीया ।
दक्षिण कोरियामा नजिकिंदो ‘सलनाल ‘अर्थात् कोरियाली नयाँ बर्ष नजिकै आईरहेको छ । कोरियालीहरू आफ्नो नयाँ बर्षको तयारी जति गरिरहेका छन् त्यत्तिकै यहाँ रहेका नेपालीहरू पनि गर्दैछन् । तर कोरियाली संगै नयाँ बर्ष मनाउनलाई भने होईन ,उनिहरूको तयारी नेपाली सांगितिक कार्यक्रमको लागी हो । सांगितिक कार्यक्रमको उदेश्य भनेको मनोरंजन संगै नेपाली कला /संस्कृतिलाई कोरियाली भूमिमा प्रचार गर्नु पनि हो । तर यस पटकको सांगितिक कार्यक्रम यहाँ रहेका झण्डै ३० हजार नेपालीहरूको ‘नेपाली घर’बनाउने सपना संग जोडिएको छ । त्यसैले त यो सांगितिक कार्यक्रमलाई ‘सांगितिक महामेला’ भनेर भनिएको छ । ‘सांगितिक महामेला’ हुन कलाकारहरू पनि महान नै हुनुपर्छ नामले मात्र हुने भने सबै कार्यक्रमको ब्यानर र पोष्टरमा ‘महामेला’धेरैले लेख्थे होला तर यो ‘महामेला ‘त्यस्तो होईन साच्चै महान र नेपाली मनहरूमा सम्मानित कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)को जोडार प्रस्तुतीका साथ हुंदै छ ।
नेपाल हाउसको सपना र यथार्थदक्षिण कोरियामा नजिकिंदो ‘सलनाल ‘अर्थात् कोरियाली नयाँ बर्ष नजिकै आईरहेको छ । कोरियालीहरू आफ्नो नयाँ बर्षको तयारी जति गरिरहेका छन् त्यत्तिकै यहाँ रहेका नेपालीहरू पनि गर्दैछन् । तर कोरियाली संगै नयाँ बर्ष मनाउनलाई भने होईन ,उनिहरूको तयारी नेपाली सांगितिक कार्यक्रमको लागी हो । सांगितिक कार्यक्रमको उदेश्य भनेको मनोरंजन संगै नेपाली कला /संस्कृतिलाई कोरियाली भूमिमा प्रचार गर्नु पनि हो । तर यस पटकको सांगितिक कार्यक्रम यहाँ रहेका झण्डै ३० हजार नेपालीहरूको ‘नेपाली घर’बनाउने सपना संग जोडिएको छ । त्यसैले त यो सांगितिक कार्यक्रमलाई ‘सांगितिक महामेला’ भनेर भनिएको छ । ‘सांगितिक महामेला’ हुन कलाकारहरू पनि महान नै हुनुपर्छ नामले मात्र हुने भने सबै कार्यक्रमको ब्यानर र पोष्टरमा ‘महामेला’धेरैले लेख्थे होला तर यो ‘महामेला ‘त्यस्तो होईन साच्चै महान र नेपाली मनहरूमा सम्मानित कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)को जोडार प्रस्तुतीका साथ हुंदै छ ।
दक्षिण कोरियामा धेरै पहिले देखि नेपाल हाउस (नेपाली घर)को अवधारणा आएको हो । पवित्र उदेश्यका साथ आएको यस्ता अभियान सोचे जस्तो सजिलो भने हुंदैन र भएन पनि । यहां रहेका हाम्रा अग्रजहरूले अनेकौं कमि र कमजोरीका बाबजुत पनि यहांको नेपाली समाजमा सक्दो योगदान गरे तेन्जी शेर्पा देखि विनोंद कुवंर सम्म,रूद्र शर्मा देखि केपी सिटौला सम्म अनि गंगाराज राई देखि देवी बस्नेत ,लोचन राई लगायत सबैले एन आर एन वा अन्य कुनै ब्यानर मुनि बसेर समाजको लागी दिन नखोजेका होईन् तर गर्न धेरै नै बांकी छ । जे जस्तो भए पनि हामी संग एउटा ‘नेपाल हाउस’ छ । अनेकौं सिमाहरूको बाबजुत पनि त्यसबाट यहां रहेका हामी नेपालीहरूले लाभ लिन सकेका छौं । हाम्रा सबै समस्या अहिलेकै ‘नेपाल हाउस’ले पुरा गर्न सकेन ।अलि ब्यबस्थित घर जहाँ हाम्रो संस्कृती झल्कने संग्रालय ,ठुलै संख्यालाई बस्न मिल्ने ठाँउ भएको अलि ब्यबस्थित र भब्य स्थलको आवश्यकता महशुस भयो तर हामी संग आर्थिक स्रोत र साधनको कमि थियो । अनेकौ पटकको छलफल र अन्तरक्रिया पछि हामीले आर्थिक स्रोत संकलनको लागी एउटा बाटो पत्ता लगायौं । त्यो हो सांगितिक कार्यक्रम आयोजना गर्ने र त्यसबाट प्राप्त आम्दानीबाट हाम्रो उक्त उदेश्य पुरा गर्ने । यो हामी सबैको साझा घर हो । बिदेशी भूमिमा कति दुख ,पिडा हुन्छ त्यसको अनुभव भोग्नेलाई मात्र थाहा हुन्छ काठमाण्डौका तारे होटलमा बसेर प्रपोजल बनाउनेहरूलाई होईन ।हामी सबैले कतै न कतै यस्तो पिडा झेलेका छौं । त्यसैले हामी सबैले यो बर्षौं देखिको सपनालाई यथार्थमा परिणत गर्नु पर्छ । हामी सबैले नकारात्मक सोचाई त्यागेर खुल्ला दिलले यो पवित्र कार्यलाई सफल पार्न काधंमा काधं मिलाऔं । www.pardeshilife.com