यसै हप्ताको आईतबार नेपाल हाउस ब्यबस्थापन समितिले बृहत भेलाको आयोजना गर्दै
Tuesday, December 23, 2014
दिर्घकालिन र ब्यबस्थित नेपाल हाउस निर्माणको
लागि गठित नेपाल हाउस ब्यबस्थापन समितिले यसै हप्ताको आईतबार अर्थात डिसेम्बर २८
तारिख आईतबारको दिन बृहत भेलाको आयोजना गर्न गईरहको छ । दश करोड ओन संकलन अभियान
अन्तर्गत आगामी सलनाल पर्वमा आयोजना गर्न लागेको मह जोडी सहितको नेपाल हाउस सांगितिक
महामेलाको बिशेष तयारी स्वरुप आईतबार बृहत भेलाको आयोजना गर्न लागेको हो । भेलामा
नेपाल हाउस सांगितिक महामेलालाई सफल बनाउन बिभिन्न कमिटी तथा उप कमिटीहरुको
निर्माण गरिने छ । जस्मा, आर्थिक समिति,प्रचार प्रसार समिति,चन्दा संकलन समिति,कलाकार
ब्यबस्थापन समिति,हल ब्यबस्थापन
समिति,अतिथि सत्कार समिति, सुरक्षा
समिति,कार्यक्रम प्रायोजन समिति,कार्यक्रम ब्यबस्थापन समिति,आदि रहेका छन । बृहत
भेलामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्षज्यु सहितका प्रतिनिधिहरुलाई तल
उल्यखित स्थान र समयमा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध छ ।
त्यस्तै, गत २१ तारिख आईतबार बसेको नेपाल हाउस सचिवालयको बैठकले कमिटी
निर्माण सम्बन्धि माथि उल्यखित बुंदाहरु सहित कार्यक्रमको नाम-(नेपाल हाउस
सांगितिक महामेला) राख्ने निर्णय गरेको छ । कार्यक्रम राजधानी सउलमा १९ तारिखको दिन
आयोजना गर्ने र १८ तारिख पहिलो दिन आयोजना
गरिने पुसानको कार्यक्रम बारे भने यसै आईतबार सम्ममा टुंगो लाग्ने छ । कार्यक्रममा
मह जोडी सहित पप गायक प्रमोद खरेल, लोक दोहोरी गायीका बिष्णु माझी,नृत्य तथा
उद्घोषिका छुल्टिम गुरुङ, र्यापर यमा बुद्द र गायीका अन्जु पन्तको प्रस्तुति रहने
भएको छ ।
बृहत भेला हुने स्थानः नेपाल हाउस
समयः दिनको १ बजे ।
बृहत भेला हुने स्थानः नेपाल हाउस
समयः दिनको १ बजे ।