नेपाल हाउस गफ मात्रै कि काम पनि ?

Friday, December 5, 2014

अर्जुन बराल | सउल, दक्षिण कोरिया (हेल्लो नेपाल कोरिया डट कमबाट साभार)

एनआरएन कोरियाले सञ्चालन गर्दै आएको नेपाल हाउस निशुल्करुपमा सञ्चालन गर्ने उद्देश्य सहित झण्डै पाँच महिना अघि नेपाल हाउस समिति गठन गरिएको थियो। १० करोड वन अक्षयकोष निर्माण गरेर त्यसबाट प्राप्त ब्याजले निशुल्क रुपमा संचालन गर्ने योजना बनाइए पनि  पाँच महिना वितिसक्दा यसले कुनै ठोस गति लिन भने सकेको छैन ।
पाँच महिना अघि नेपाल हाउस समितिको गठनसँगै अध्यक्ष विनोद कुँवरले ५० लाख, संरक्षक रुद्र शर्माले  १५ लाख, वमन फर वमनकी अध्यक्ष जुनु गुरुङले  १० लाख,  आईसीसी प्रतिनिधि केपी सिटौलाले  १० लाख,  पूर्व उपाध्यक्ष ध्यान राईले  १० लाख, आदिवासी जनजाती महासंघका अध्यक्ष  भक्त शेरचनले  ५ लाख, जनअधिकार मञ्चका अध्यक्ष दिपक पुनले ५ लाख वन सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यो सगै उनिहरुले विभिन्न सहयोग तथा
सास्कृतिक कार्यक्रम गरि कोष निमार्ण गर्ने जनाएपनि यसका लागि कुनै ठोस कार्य भएको देखिदैन ।
रोजगार अनुमती प्रक्रिया प्रणालीबाट कोरियामा नेपाली कामदार भित्रिदै थिए भने नेपालीका समस्या पनि एकपछि अर्को गर्दै थपिदै गए । कामबिहिन अबस्थामा नेपाली युवाका निम्ति आवासको ब्यबस्था थिएन । आवासको निम्ती नेपालीहरु गुम्बा, चर्च लगायत विभिन्न स्थानमा आश्रय लिने गर्दथे । जसले गर्दा तत्कालीन समयका उपाध्यक्ष ध्यान राईको प्रस्ताबको आधार र तत्कालीन समयमा सर्बसम्मतले चुनिएका अध्यक्ष बिनोद कुँवरको बिशेष पहलबाट सन् २०१० को अगस्ट १५ का दिन नेपाल हाउसको स्थापना भयो तर स्थापनाको यतिका समय वितिसक्दा पनि संस्था कछुवाको गतिमा घिस्रीरहेको छ ।

प्रतिमहिना पन्ध्रसय डलर संचालनको लागि खर्च लाग्ने नेपाल हाउसको सम्पूर्ण खर्च एनआरएन कोरियाका जिम्मेबार नेतृत्वले तिरिरहेका छन् । संस्थाको गतिबिधिको बारेमा संस्थाको साधारण सभा हुँदामात्र नेपाल हाउसको बिषय उठ्ने नत्र यसको बिषयमा कुरा नउ्ठने, समय नहुने ब्यक्तिहरु नै संस्थाको जिम्मेबार पदमा रह्ने, संस्था संचालनका लागि लगिएका प्रस्ताबहरुको उचित कार्यान्वयन नगर्ने, गतिबिधि सुन्य हुँने, दस्ताबेज बनाउँने थन्काउँने अनी अबिधेशन मा घन्काउँने, आम्दानीका लागि कुनै कार्ययोजना नबनाउँने, पदका लागि मात्रै मरिमेट्ने सम्मका तथ्य  नै यो स्थितिको प्रमुख कारण रहेको देखिन्छ ।

"बर्तमान एनआरएन कोरियाको नेतृत्वपंक्ति क्षमताबिहिन भएकोले संचालनमा कठिनाई उत्पन्न भयो । बिनोद जी मेरा घनिष्ट मित्र पनि हुनुहुन्छ, म उहाँलाई कराउँछु गाली गर्छु । तपाईहरुले राम्रो काम गरे हाम्रो सहयोग हुन्छ । तपाईले केही गर्न नसके म के गर्न सक्छु ?  म अध्यक्ष होईन । खोलामा डुङ्गा हाल्ने त खोला तार्न हो नी ! यदी पानीको बेग बढी भएर नाउँले राम्रो गर्न नसके के खोला तर्न सम्भब छ र ? अहिलेको माझी कमजोरी भयो ।" एनआरएन कोरियाका पूर्बउपाध्यक्ष एंवम नेपालहाउसका प्रस्ताबक ध्यान राइले हेल्लो नेपाल कोरिया डटकम सँग कुरा गर्दै भने । यस बिषयमा हेल्लो नेपालकोरियाले किन असक्षम नेतृत्व छानेको भन्ने प्रश्नमा उनले थप्दै भनेका थिए "मजबुरीका नाममा आत्मग्लानी भएजस्तै अहिलेको नेतृत्व पंक्ति छानिएको हो ।"

नेतृत्वपंक्तिको असक्षमताका कारण नेपाल हाउस संचालनमा कठिनाई आएको भन्ने आरोपमा एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवरले यदी असक्षमताका कारण संचालनमा कठिनाई आएको भए किन बैठकमा यस बिषयमा चर्चा हुदैन । आजसम्म यसको खर्च कसले ब्यहोरेको छ ? अब आउने कोरियन् चाड् सलनालमा सबै संस्थासँग मिलेर बिबिध कार्यक्रम गरि यस संस्थालाई मजबुत बनाईने उहाँले बताउनु भयो ।
यता वमन फर वमनकी अध्यक्ष मल्लिका थकालीले नेपाल हाउस संचालन प्रक्रियामा बर्तमान अध्यक्ष बिनोद कुँवरलाई नेतृत्वपंक्तिका केहि साथीबाट असहयोग भएको बताइन । पदमा बस्ने जिम्मेबार नलिने दोष अर्कालाई दिने, जसले गर्दा संस्था संचालन गर्न कठिनाई भएतापनि उहाँले जिम्मेबार तरिकाले आफ्नो भुमिका निभाइरहेको बताईन्

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP