नोभेम्बर २३ तारिख आईतबारको दिन नेपाल हाउस ब्यबस्थापन समितिको आयोजनामा बृहत भेलाको आयोजना हुंदै

Friday, December 5, 2014


    राजधानी सउलमा एन आर एन कोरियाको अबधारणामा संचालनमा आईरहेको नेपाल हाउसलाई दिर्घकालिन र ब्यबस्थित रुपमा संचालन गर्नको लागि गठित नेपाल हाउस ब्यबस्थापन समितिको आयोजनामा आगामी नोभेम्बर २३ तारिख आईतबारको दिन बृहत भेलाको आयोजना गर्न गई रहेको छ । दश करोड ओन संकलन गरि नेपाल हाउसलाई दिर्घकालिन र ब्यबस्थित रुपमा संचालन गर्ने महत्वकांक्षी योजनालाई पूर्णता दिन आगामी सलनाल पर्वमा बृहत सांगितिक महामेलाको तयारी स्वरुप कोरियामा कृयाशील संघसंस्थाका प्रमुख, बुद्दिजीवी, ब्यापारी, बिधार्थी र सम्पूर्ण प्रवासी नेपालीहरु बिच अन्तरकृया सहितको बृहत भेलाको आयोजना गर्न लागेको हो । 
    समितिले बृहत भेलामा दिर्घकालिन र ब्यबस्थित नेपाल हाउसको परिकल्पना सहितको प्रारम्भिक खाका प्रस्तुत गर्ने छ । यसै सुचनालाई आधार मानि तल उल्यखित स्थान,मिति र समयमा आयोजना हुन गई रहेको अन्तरकृया सहितको बृहत भेलामा सहभागिता जनाई दिनु हुन कृयाशील संघसंस्थाका प्रमुख,बुद्दिजीवी,ब्यापारी,बिधार्थी,पत्रकार तथा सम्पूर्ण प्रवासी नेपालीहरूलाई हार्दिक अनुरोध गरिन्छ ।
    समितिको आगामी सलनाल पर्वमा सउल र पुसानमा गरि २ दिन सांस्कृतिक महामेलाको आयोजना गरि सोहि महामेलालाई परोपकारी महायज्ञकै रुपमा परिणत गर्दै नेपाल हाउस निर्माण गर्ने लक्ष रहेको छ ।

    स्थानः नेपाल हाउस,वन्नाम दोङ सागरी
    मितिः २३ नोभेम्बर २०१४
    समयः दिनको १२ बजे देखि

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP