नेपाल हाउसलाई नागार्जुना गुम्बाबाट ५ लाख १ हजार वन सहयोगको घोषणा
Saturday, January 24, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नागार्जुना गुम्बाबाट पांच लाख एक हजार वन सहयोगको घोषणा भएको छ । कोरियाली भूमिमा हिमालयन बुद्दिष्ट लामा ग्रुपको नामले प्रचलित नागार्जुना गुम्बाको तर्फबाट नेपाल हाउसलाई उक्त रकम सहयोगको घोषणा भएको हो । घोषणाको बारेमा ग्रुपका अध्यक्ष श्री उर्गेन लामा ज्युले आज जानाकारी गराउनु भएको हो । नागार्जुना गुम्बा ( हिमालयन बुद्दिष्ट लामा ग्रुप) कोरियाली भूमिमा बिभिन्न समाज सेवी कृयाकलापहरु गर्दै यहां रहेका नेपालीहरुको मन जित्न सफल भएको छ ।