
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको छनान सहरमा रहेको माउन्ट फिष्टेल रेष्टुरे्ण्टका संचालक राजेश बाबु श्रेष्ठज्युबाट ५५१,००० पांच लाख एकाउन्सन हजार वन सहयोग प्राप्त भएको छ । चितवन जिल्लाको गाराबाट व्यवसायको लागि कोरिया आई पुग्नु भएका व्यवसायी श्री श्रेष्ठ कोरियाली भूमिमा सफल व्यवसायीको रुपमा चिनिनु हुन्छ । उहांले नेपाल हाउस बाहेक अन्य थुप्रै परोपकारी काममा सहयोग गर्दै समाजसेवी भूमिका निभाउनु भएको छ ।