नेपाल हाउस ब्यवस्थापन समितिलाई आर्थिक सहयोग आउने क्रम शुरु
Monday, January 5, 2015
नेपाल हाउसलाई दीर्घकालिन र ब्यबस्थित बनाउन दश करोड ओन संकलन गर्ने महत्वकांक्षी अभियान अन्तर्गतको चन्दा संकलन कार्यले तिब्रता पाउन शुरु गरेको छ । यस अभियानलाई सफल पार्न नेपाली जन अधिकार मंचको तर्फबाट १० लाख वन घोषणा भई सकेको छ । त्यसको अलावा कोरियन संघ संस्था र ब्यवसायीहरु बाट समेत सहयोगको क्रम आई रहेको छ । नेपाल हाउसको नाममा आउने हरेक सहयोग रकमलाई संस्था वा ब्यक्तिको बिबरण सहित धन्यबाद ब्यानर प्रकाशन सोशाईल मिडियाहरु मार्फत क्रमिक रुपमा दिई रहने ब्यवस्था समेत गरिएको छ । त्यस्तै नेपाल हाउस सांगितक महामेला पूर्व सहयोग गर्ने ब्यक्ति,संस्था वा ब्यबसायी महानुभावहरुलाई पूर्व तयारीका साथ कार्यक्रम स्थलमा सम्मान गरिने छ ।