नेपाल हाउस सांगितिक महामेलालाइ जनअधिकार मन्च कोरियाको १० लाख सहयोग
Tuesday, January 6, 2015
हेल्लो नेपाल कोरिया डट कम
आउदो फेबु्रवरी १८ र १९ तारिक कोरियन नयाँवर्ष सलनालको अवसरमा हुन लागेको नेपाल हाउस सहयोगार्थ महजोडी सहितको सांगेतिक महामेलालाई नेपाली जनअधिकार मन्च कोरियाले १० लाख कोरियन वन सहयोग गर्ने भएको छ । जनअधिकार मन्च कोरियाको आज सउलमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मन्चका अध्यक्ष सागर न्यौपानेको अध्यक्षतामा बसेको वैठकले छिट्टै उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । साथै मन्चले महामेलालाई प्रचार प्रसार सहयोग गर्न जनअधिकार मन्च आबद्ध सम्पुर्ण सदस्यहरुलाई अव्हान समेत गरेको छ । मन्चले कोरियामा नेपाल हाउस सम्पुर्ण संघसंस्था र नेपालीहरुको लागि अतिआवश्यक
रहेकोले यसमा सम्पुर्ण संघसंस्था मिलेर अघि बढ्नुपर्ने बताएको छ ।
महामेला सलनालको पहिलो दिन फरवरी १८ तारिक पुसान र दोश्रो दिन फरवरी १९ तारिक सउलमा हुने भएको छ । महामेलामा हास्यकलाकारद्धय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गायिका रेजिना रिमाल, पपगायक प्रमोद खरेल, नायिका छुल्ठिम गुरुङ, लोक गायिका विष्णु माझी, र्याप गायक यमोबुद्ध कोरिया आउने भएका छन् ।