रुपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गुरुङबाट नेपाल हासलाई २२२२२२ सहयोगको घोषणा
Thursday, January 29, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन रुपन्देही सम्पर्क समितिका अध्यक्ष श्री प्रितम गुरुङ ज्युले नेपाल हाउसलाई २२२२२२ (दुई लाख बाईस हजार दुई सय बाईस वन ) सहयोगको घोषणा गर्नु भएको छ । तमुधिं कोरियाको कार्य समितिमा समेत आबद्द उहां कोरियाली भूमिमा एक सकृय समाज सेवीको रुपमा समेत चिनिनु हुन्छ । उहांकै पहलमा रुन्देही सम्पर्क समितिको तर्फबाट पांच लाख वन सहयोगको घोषणा भई सकेको छ ।