नेपाल हाउसलाई नेपाली चेली गोमा सापकोटाबाट ५००,००० (पांच लाख वन) सहयोग
Thursday, January 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि चितवन जिल्ला स्थाई घर भई बिगत ८ बर्ष देखि कोरियाली भूमिमा कार्यरत रहंदै आउनु भएकी श्रीमती गोमा सापकोटाज्युले नेपाल हाउस व्यवस्थापन समितिलाई ५,००००० पांचलाख वन सहयोग गर्नु भएको छ । कोरियाली भूमिमा रेष्टुरेण्ट व्यवसायको अनुभव समेत बटुलिसक्नु भएकी श्रीमती सापकोटाले दश ठक्कर र बाह्र हण्डर खाई सक्नु भएको छ । आफ्नो व्यबहारिक समस्याहरुको वावजूद पनि नेपालीको लागि नेपाली भन्ने नारा सहित दीर्घकालिन नेपाल हाउस निर्माण जस्तो पवित्र कार्यबाट प्रभावित भई उहांले नेपाल हाउसलाई आर्थिक सहयोग गर्नु भएको हो । एन आर एन कोरियाको निवर्तमान सदस्य पदमा कार्यरत रहि समाज सेवाको अनुभव समेत बटुलिसकेकी श्रीमती सापकोटा हाल कोरियाको उईजङबु क्षेत्रमा कार्यरत हुनुहुन्छ ।