संयोजक बिनोद कुवरबाट नेपाल हाउसलाई ५१ लाख वन सहयोग

Friday, January 23, 2015

एन आर एन दक्षिण कोरिायाका अध्यक्ष तथा नेपाल हाउस व्यवस्थापन समितिका संयोजक श्री बिनोद कुंवरज्युले  दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन एकाउन्न लाख वन ( ५१,००,००० ) सहयोग गर्नु  भएको छ । चन्दा संकलन अभियानको तेश्रो हप्ता सकिनै लाग्दा नेपाल हाउसको लागि  एकाउन्न लाख वन आर्थिक सहयोग  हाल सम्मकै  उच्च  हो ।
           म्याग्दी जि्ल्लाको सिंगा गाविस स्थित बगुवाबाट आज भन्दा २२ बर्ष अगाडी कोरियाली भूमिमा  आउनु भएका श्री कुंवरले कोरिया बसाईको २२ बर्ष अबधिमा आफ्नै अगाडीको सफल र असफल रुपि बाटोसंग भिषण संघर्ष गर्ने क्रममा बाईस हण्डर र चौविस थक्कर खाई सक्नु भएको छ । "खुट्टा तान्ने" चर्चित  खेल खेल्न माहिर नेपालीहरुको जमातको चंगोलमा धन्नै नफसेको कथा पनि  उहां बेल बेला सुनाउने गर्नु हुन्छ । भनिन्छ परिश्रमको फल मिठो हुन्छ , फलस्वरुप कोरियाली भूमिमा आज एक जना सफल व्यवसायी र चर्चित समाज सेवीको रुमा दरिन सफल हुनु भएको छ ।
                 त्यस्तै दुई दुई पटक सम्म एन आर एन कोरियाको अध्यक्ष हुने  श्री कुंवर  नै  पहिलो भाग्यमानी व्यक्तित्व हुनुहन्छ भने एन आर एन कोरियाले सन्चालन गर्दै आएको नेपाल हाउसलाई थप ब्यबस्थित र दीर्घकालिन बनाउन छुट्टै ब्यबस्थापन समिति बनाएर अगाडी बढ्ने ऐतिहांशिक योजनाकार पनि । 
         त्यसो त नेपाल हाउसलाई दिर्घकालिन र व्यवस्थित रुपमा संचालन गर्नको लागि दश करोड ओन संकलन अभियान अन्तर्गतको नेपाल हाउस सांगीतिक महामेलालाई  सफल पार्न उहांको  दिन रातको दौडढुपले पनि उहांको समाज सेवा प्रतिको लगावको बारेमा बुझ्न त्यति टाढा जानु पर्दैन ।  सरल मिजास र मिलनसार स्वभावका श्री कुंवर म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार समेत हुनुहुन्छ भने समाजको लागि आर्थिक सहयोगी मुख्य दाताको रुपमा समेत हेरिन्छ  । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP