म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपाल हाउसलाई पन्ध्र लाख वन सहयोग गर्ने घोषणा

Tuesday, January 6, 2015

सामाज सेवामा उदाहरणिय बनेको संस्था म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपाल हाउसलाई १५००,००० वन (पन्ध्रलाख वन) सहयोग गर्ने घोषणा गरेको छ । दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि नेपाल हाउस ब्यवस्थापन समितिको १० करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समितिको तर्फबाट पन्ध्र लाख वन सहयोग गर्ने घोषणा गरेको संस्थाका अध्यक्ष मुक्ति केसीले जानाकारी दिनु भएको छ । केसीले रकम घोषणा संगै नेपालीको साझा घर निर्माण जस्तो पवित्र अभियानलाई सफल बनाउन कोरियामा रहेका संघ संस्था,ब्यापारी लगायत सबै तप्काका नेपालीहरु एकजूट भएर लागि परेमा कोरियामा रहेका प्रवासी नेपालीहरु उदाहरणिय बन्ने कुरामा दुईमत नरहेको समेत बताउनु भएको छ । सन १९९७ सालमा स्थापना भएको म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगतमा म्याग्दी जिल्लामा म्याग्दी क्याम्पसको छात्रवास भवन, म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण गर्नुको साथै म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आई रहेको छ । 
स्मरणिय रहोस् , दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि नेपाल हाउस व्यवस्थापन समितिले आगामी फेब्रुअरी १८ र १९ तारिखको दिन कोरियाका चर्चित शहरहरु क्रमशः बुसान र सउलमा मह जोडी सहित अन्य चर्चित कलाकारहरुको साथ नेपाल हाउस सांगीतिक महामेलाको आयोजना गर्दै छ । समितिले महामेला संगै चन्दा संकलन कार्यलाई समेत तिब्रता दिएको छ ।  


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP