नेपाल हाउसलाई समाज सेवी कोरियन बाट आर्थिक सहयोग

Tuesday, January 6, 2015

दक्षिण कोरियामा यतिखेर दिर्घकालिन र ब्यवस्थित नेपाल हाउसको सहयोगका लागि भन्दै आउने फेबुअरी १८ र १९ मा पुसान र सउलमा महजोडी सहितको सांगितिक महामेलाको तयारी गरिदैछ । नेपाल हाउसको सहयोगका लागि कोरियामा रहेका नेपालीहरु यतिखेर तातिरहेका छन् । सामाजिक सञ्जाल फेसबुक त यतिखेर नेपाल हाउसमय नै बनेको छ ।

नेपाली दुताबास देखि विभिन्न कोरियन संघसंस्थाहरु पनि नेपाल हाउसका लागि यहाँ रहेका नेपालीहरुले देखाएको जोश र लगनशिलता देखेर नेपालहाउसलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेपाल हाउसलाई नजिकै बाट नियालीरहेका सउलस्थित साछावन कम्पनीका मालिक रियु थे यङले नेपाल हाउसका लागि ५ लाख कोरियन वन सहयोग गरेका छन् । रियु कोरियाबाट नेपाल जाने कोरियन स्वास्थ्य शिविरहरुमा स्वयमसेवकको भुमिका निर्वा
ह गर्दै आएका छन् । दुइपटक नेपाल पुगेका रियुले नेपाल हाउसलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP