समाजसेवी तथा सफल व्यवसायी गंगा राज राईबाट नेपाल हाउसलाई १५ लाख ५१ हजार वन सहयोगको घोषणा
Tuesday, January 27, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन एन आर एन एशिया प्याशिफिक संयोजक तथा सफल व्यावसायी श्री गंगा राज राई ज्युले नेपाल हाउसलाई १५ लाख ५१ हजार वन सहयोगको घोषणा गर्नु भएको छ । लामो समय देखि कोरियामा रहनु भएका श्री राई एन सिसी कोरियाको संस्थापक सदस्य समेत हुनु हुन्छ । कोरियालाी भूमिमा सकृय समाज सेवीको रुपमा परिचित उहां हाल एन आर एन एशिया प्याशिफिक संयोजक जस्तो शानदार पदमा आशिन हुनुहुन्छ । राजधानी सउलको बिभिन्न स्थानमा शान्ति रेष्टुरेण्ट स्थापना गरि व्यबसायलाई मुख्य पेशा बनाउनु भएका उहां एक जना संगीतकर्मी समेत हुनुहुन्छ । व्यवसायी हुनु पुर्व कोरियाली भूमिमै एक चर्चित ब्याण्ड ग्रुप स्थापना गरेर काम गरि सक्नु भएको छ ।