ह्याप्पी कुक रेस्टुरेन्ट का संचालक राजु क्षेत्री ज्यु बाट ११ लाख ११ हजार वोन सहयोग
Monday, February 16, 2015
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश
करोड संकलन अभियानलाई सफल बनाउन
एन आर एन कोरियाका सल्लाहकार तथा ह्याप्पी कुक रेष्टुरेण्टका संचालक श्री राजु क्षेत्री ज्युबाट नेपाल हाउसलाई ११ लाख ११ हजार वन सहयोग प्राप्त भएको छ । गत महिना
स्वर्गवास हुनुहनु भएकी ममतामयी माता स्वर्गिय कुन्ति कला भर्मा क्षेत्रीज्युको नाममा समाज सेवी श्री क्षेत्रीज्युले आर्थिक सहयोग गर्नु भएको हो । कोरियाली भूमिमा
चर्चित र सकृय समाज सेवीको रुपमा चिनिनु हुने
श्री क्षेत्री तेक्वान्डो को राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । दक्षिण कोरियामा आयोजित अन्तर्रष्ट्रिय चौठो तेक्वान्डो प्रतियोगिताको गोल्ड मेडलिष्ट अन्तर्रष्ट्रिय तेक्वान्डो मध्यष्थकर्ता समेत हुनुहुन्छ । हाल कोरियाको राजधानी सउलमा
ह्याप्पी कुक रेष्टुरेण्ट संचालन गरि रहनु समाजसेवी श्री क्षेत्रीज्युलाई एक कुशल समाज सेवी र सफल ब्यबसायीको रुपमा हेरिन्छ ।






















