नेपाल मगर संघ गणतन्त्र कोरियाको तर्फबाट नेपाल हाउसलाई १५ लाख १५ हजार ५ सय
Monday, February 16, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाल
मगर संघ गणतन्त्र कोरियाले नेपाल हाउसलाई १५ लाख १५ हजार ५ सय वन सहयोगको घोषणा गरेको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाका अध्यक्ष श्री पुरन राना मगरज्यले दिनु भएको जानाकारी अनुसार नेपाल मगर संघ गणतन्त्र कोरियाको तर्फबाट नेपाल हाउसको परोपकारी अभियानको लागि संस्थाको तर्फबाट १५ लाख वन सहयोग गर्ने निर्णय गरिएको हो । नेपाल मगर संघ गणतन्तर् कोरिया कोरियाली भूमिमा समाजसेवी संस्थाको रुपमा चिनिन्छ । संघले बिगत सात आठ बर्ष देखि राजधानी सउलमा सेल्टर संचालनमा ल्याई रहेको छ । जहां बिरामी र बेरोजगार अबस्थामा रहेका मगर दाजुभाई,दिदी बहिनीहरु लगायत आपत् बिपतमा परेका प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले सेवा लिन सक्छन । त्यसको अलावा कोरियाली भूमिमा रहेका हरेक संघ संस्थाहरु संघ हातेमेलो गर्दै एकापसमा सहयोगको भावना आदान प्रदान गर्दै आई रहेको छ । संघले गत छुसकमा नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया साथमा लिटल डान्स
क्वीन तेरिया कार्यक्रमलाई ऐतिहांशिक रुपमा सफल बनाउंदै कार्यक्रमबाट भएको
मूनाफा रकमबाट नेपालका पिछडिएका जनजातिहरुको उत्थानको लागि करिव पांच करोड वन
बराबरको अक्षय कोष खडा गरि सामाजिक सेवामा उल्यख्यनिय रुपमा फड्को मार्न सफल भएको छ ।