६ तारिख नेपाल हाउस व्यवस्थापनको लागि नयाँ संचालक समिति गठन गरिने

Friday, February 26, 2016





करिब २ वर्ष अघि देखि एन आर एन ए कोरियाको संयोजकत्वमा कोरियामा रहेका सबै संघ संस्था पदेन सदस्य रहने गरि गठित नेपाल हाउस व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति यहि मार्च ६ तारिख गठन गरिने भएको छ| नेपाल हाउस लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि गत वर्ष सलनालमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आर्थिक संकलन अभियान अन्तर्गत दश करोड वोन संकलन गर्ने लक्ष्य लिईएकोमा करिब १३ करोड वोन संकलन गरिएको थियो । अभियानमा नेपाल हाउस सचिवालय सहित कोरियामा रहेका ब्यबसायीहरु, संघ संस्थाहरु,पत्रकार लगायत कोरियामा रहेका समाजसेवी मनकारी महानुभावहरुको संयुक्त सहभगिता रहेको थियो । अभियान अत्यधिक सफल र ऐतिहांशिक भए पश्चात नेपाल हाउसलाई ओन्नाम दोंग सागरीबाट सिन्सल दोंगमा सारेर संचालन गरिंदै आएको छ । तथापी नेपाल हाउसको परिकल्पना अनुसार भने अझै पूर्ण हुन सकेको छैन| नेपाल हाउस कोरियामा रहेका सबै नेपाली समुदायको सरोकारको बिषय भएकाले यहि मार्च ६ तारिख कोरियामा क्रियासिल सबै किसिमका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ब्यवसाही तथा नेपाली दाजु भाई दिदीबहिनीहरुलाई उपस्थित भै नयाँ कार्ययोजना सहित संचालक समिति गठन गर्ने प्रक्रियामा सहभागी भै दिनुहुन नेपाल हाउस व्यवस्थापन समितिका संयोजक बिनोद कुँवरले अनुरोध गर्नु भएको छ ।
स्थान :नेपाल हाउस सिन्सल दोंग
मिति :२०१६ मार्च ६ तारिख
समय : दिनको १:०० बजे

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP