नेपाल हाउस संचालन र उपयोग सम्बन्धि नयां नियम पारित
Sunday, December 6, 2015
राजधानी सउलको
तोङदेमुनमा संचालनमा आई रहेको नयां नेपाल हाउस ब्यबस्थित रुप, संचालन गर्नको लागि
हाल कृयाशील सचिवालयको बिशेष बैठकले नेपाल हाउस संचालन र त्यसको उपयोग सम्बन्धि केहि
निर्णयहरु बाहिर ल्याएको छ । नेपाल हाउस सचिवालयका संयोजक बिनोद कुंवरको
सभापतित्वमा संचालन गरिएको बैठकमा उपस्थित सचिवालयका पदाधिकारीहरुको सामूहिक छलफलबाट
यथाशिघ्र कार्वान्यनमा ल्याउने गरि तल उल्यखित निर्णयहरु गरिएको छ ।
१- नेपाल हाउसलाई दिर्घकालीन ब्यबस्थित रुपमा
संचालन गर्न आगामी जनवरी महिना भित्र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका
अध्यक्षहरु सहितको बृहत भेलाको आयोजना गरि बृहत भेलाको सामूहिक निर्णयबाट संचालक
समिति गठन वा अन्य बिकल्पहरु तय गर्ने ।
२- गत बर्ष संचालन गरिएको नेपाल हाउस आर्थिक संकलन
अभियानमा सहयोग दाताको रुपमा सहभागि भएता पनि हाल सम्म करिव १ करोड १२ लाख ओन बोल
रकम उपलब्ध नगराउनु हुने महानुभावहरुलाई यथाशिघ्र भुक्तानको लागि ताकेता गर्ने ।
३- नेपाल हाउस संचालनमा सरलता र मासिक घर भांडा
परिपूर्तिमा सहजता ल्याउनको लागि नेपाल हाउसमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुको
लागि सेवा शुल्क लिने निर्णय गर्दै तल उल्यखित निम्न बुंदाहरु तय गरिएको छ ।
क) कुनै पनि संघ संस्था वा समूहको अधिवेशन,साधारण
सभाको आयोजना गर्दा एक दिनको २००,००० (दुई लाख वन) शुल्क लाग्नेछ ।
ख) अधिवेशन वा साधारण सभा बाहेक अन्य साना
कार्यक्रमको आयोजना गर्दा प्रति ३ घण्टा १००,००० (एक लाख वन) शुल्क लाग्ने छ ।
ग) विवाह भोज,बच्चाको सय दिन,वा अन्य भोज पार्टीको
लागि प्रति दिन ३००,००० (तीन लाख वन) शुल्क लाग्ने छ
घ) नेपाल हाउसको सानो हलमा गरिने बैठक वा अन्य
साना कार्यक्रमको लागि प्रति ३ घण्टाको ३०,००० (तीस हजार वन) शुल्क लाग्ने छ ।
ङ) माथि उल्यखित कुनै पनि कार्यक्रमहरुको लागि नेपाल
हाउस सरसफाईको लागि धरौती स्वरुप २०,००० (बीस हजार वन) बुझाउनु पर्ने छ । सरसफाई
गरे उक्त रकम फिर्ता दिने र सरसफाई नगरे फिर्ता दिईने छैन ।
च) शोक सभा,श्रद्दान्जलि सभा जस्ता दुखद कार्यक्रमहरुको
लागि नेपाल हाउस प्रयोजनमा कुनै शुल्क लाग्ने छैन तर नेपाल हाउस सरसफाईको जिम्मा पूर्ण
रुपमा आयोजकले लिनु पर्ने छ ।
४) नेपाल हाउस संचालक समिति गठन नहुन्जेल सम्म हल
बुकिङ,शुल्क भुक्तानको लागि सचिवालय आर्थिक संयोजक भक्त सेरचनलाई जिम्मा दिईएको छ
। त्यसकारण हल बुकिङ वा शुल्क भुक्तानको लागि (आर्थिक संयोजक भक्त सेरचन 010 2672 9576 ) मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध
छ ।
नेपाल हाउस
सचिवालय,सउल दक्षिण कोरिया