नेपाल हाउस सांगितिक महामेला परोपकारी महायज्ञमा मह जोडी आउने पक्का
Tuesday, December 9, 2014
दश करोड वन संकलन गरि नेपाल हाउसलाई दिर्घकालिन र ब्यबस्थित रुपमा संचालन गर्नको लागि नेपाल हाउस ब्यबस्थापन समिति द्दारा आगामी सलनाल पर्वमा आयोजना गर्न गई रहेको सांगितिक महामेलामा सहभागि हुन नेपालका बिख्यात हास्य सम्राट द्दय मदन कृष्ण श्रेष्ठ र हरी बंश आचार्य (मह जोडी) कोरिया आउने पक्का भएको छ । मह जोडी करिव १० बर्ष अगाडी कोरियाको एक कार्यक्रममा सहभागि भए पश्चात कोरियाको लागि लामो समय पछिको सहभागिता हो । कोरियाको दोश्रो ठूलो महान पर्व सलनालको पहिलो दोश्रो र तेश्रो तिनै दिन सांगितिक परोपकारी महायज्ञको आयोजना गरिने छ । मह जोडी सहित दर्जनौ कलाकारहरुको साथ आयोजना गर्न लागेको यस कार्यक्रमलाई सफल रुपमा सम्पन्न गरि दिर्घकालिन र ब्यबस्थित नेपाल हाउसको निर्माण गर्ने लक्ष ब्यबस्थापन समितिको छ । त्यस्तै, कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन अन्य चर्चित कलाकारहरुको नाम लिष्ट समेत यसै हप्ताको अन्त सम्ममा पक्का गर्ने सचिवालयले जनाएको छ । त्यसको लागि बिभिन्न संघ संस्थाका जिम्मेवार ब्यक्ति लगायत बुद्दिजिवीहरु संग परामर्श गरि रहेको छ ।