
आगामी सलनाल पर्वमा नेपाल हाउस ब्यबस्थापन समितिले आयोजना गर्न लागेको सांगितिक महामेला परोपकारी महायज्ञमा हास्य सम्राट द्दय मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य (मह जोडी) सहित नेपाली सांगितिक क्षेत्रकी लोक प्रिय गायिका अन्जु पन्त र नयां युवा पिंढीहरुका लोक प्रिय र्याप गायक योमा बुद्द आउने पक्का भएको छ ।
यसरी नेपाल हाउस सांगिति महामेलामा हास्य सम्राट द्दय मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य (मह जोडी) सहित पप गायक प्रमोद खरेल, गायीका अन्जु पन्त, र्याप गायक यमा बुद्द, बहु चर्चित लोक दोहोरी गायीका बिष्णु माझी र नृत्य / उदघोषण तर्फ नायीका छुल्टिम गुरुङको प्रस्तुति रहने भएको छ । करिव ५ हजार जना अट्न सक्ने क्षमताको सानदार हलमा आयोजना गर्न लागिएको यस नेपाल हाउस सांगितिक महामेला परोपकारी महायज्ञमा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु तथा नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई ऐकजूट भएर कार्यक्रमलाई सफल पारि दिनु हुन नेपाल हाउस ब्यबस्थापन समितिले हार्दिक आग्रह गरेको छ । सउल र पूसान गरि दुई दिन आयोजना गरिने यस महामेलाको मिति भने भोलि शनिबार सम्ममा निश्चित गरिने बताईएको छ ।