नेपाल हाउसका लागि कोरियामा नेपालीहरुको उत्साह
Friday, December 5, 2014
(हेल्लो नेपाल कोरिया डट कमबाट साभार)
दक्षिण कोरियामा नेपाल हाउसको आवश्यकता र महत्व यहाँ रहेका संघसंस्थाहरुले महशूस गर्न थालेपछि यसको पुन निमार्णका लागि सवै संघसंस्था एकजुट भएका छन् । नेपाल हाउस पून निर्माणका लागि नेपाल हाउस ब्यवस्थापन समितिले गत आइतवार सउल स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गरेको थियो । भेलामा झण्डै कोरियामा रहेका ९० प्रतिशत संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । ब्यवस्थापन समितिका कार्यालय सचिव भरत तुलाचनले भेलाको सुरुमा नेपाल हाउसको बारेमा अवधारणा प्रस्तुत गर्नु भएको थियो । अवधारणामा न्युनतम १० करोड वन संकलनबाट बन्ने नेपालहाउसको परिकल्पना प्रस्तुत गरिएको थियो भने आर्थिक संकलन श्रोतहरुको बारेमा जानकारी गराइएको थियो । अवधारणाको प्रस्तुती पछि उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले आ आफ्ना धारण ब्यक्त गरे । केहीले नेपाल हाउसका लागि
आफुहरुले गरेको सहयोग नदेखिएको गुनासो ब्यक्त गरे, त केहिले नेपाल हाउसको नाम परिवर्तन गर्न सुझाव दिए, कोहिले टाढा भएको गुनासो गरे, केहिले सवै मिलेर लागे १० करोड होइन ३०, ४० करोड वन संकलन गर्न सकिने बताए, केहिले आफ्नो धारणा ब्यक्त नगरेपनि अनुहारमा नेपाल हाउस प्रतिको माया झल्काए । साच्चै उनिहरुले नेपाल हाउस प्रति गहिरो माया र ममता दर्शाए । उनिहरुमा एक किसिमको उत्साह र उमंग छाएको थियो । आर्थिक संकलनका लागि यहाँ रहेका संघसंस्थाहरुले आउने सलनालमा नेपाल हाउस ब्यवस्थापन समितिलाई एकलौटीरुपमा सांस्कृतिक कार्यक्रम गर्न दिन समेत राजी भए ।
कोरिया बसाइको १५ वर्षे अवधीमा अहिलेको यस महान पवित्र कामले आफुलाई निकै खुशी लागेको कुरा ब्यक्त गर्दै कोरियामा सवै संघसंस्था एकजुटले नेपाली हुनुमा गौरान्वित भएको समाजसेवी रुद्र शर्माले बताउदा भेलामा उपस्थित नेपालीहरुको अनुहारमा साच्चै नेपालीत्वको भावाना झल्केको थियो । शर्माले यस कार्यले कोरियाका नेपालीहरु प्रेरणाको श्रोत बन्ने दाबी समेत गर्नुभयो । कार्यक्रममा एनआरएन प्रतिनिधीहरु, आदिवासी जनाजाती, पत्रकार, क्षेत्रीय संघसंस्था, जातिय संघसंस्था विधार्थी लगायत उपस्थित ब्यक्तिहरुले नेपाल हाउसका लागि सहयोगको प्रतिबद्दता जाहेर गरेका थिए ।
सन् २००९ बाट दक्षिण कोरियामा शुरु भएको नेपाल हाउसमा कामदारहरुलाई बेरोजगारको अवधिमा बासस्थान ब्यवस्था, विभिन्न संघसंस्थाहरुको सेमिनार, गोष्ठी, साधरण सभा तथा सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमहरु सञ्चालन हुदै आइरहेको छ । दक्षिण कोरियाबाट शुरु भएको नेपाल हाउसको अवधारणालाई अहिले अन्य मुलुकमा रहेका नेपालीहरुले पनि पछ्याइरहेका छन् ।
थप तस्बिरहरुको लागि भित्र जानुहोस