
कोरियाली भूमिमा आकष्मिक निधन हुन पुग्नु भएका पदम गुरुङको अन्त्यष्टिमा सहभागि हुन पुगेका कोरियाका एक दर्जन भन्दा बढि संस्थाहरुका अध्यक्षहरु बिच आगामी सलनाल पर्वमा आयोजना गर्न गई रहेको नेपाल हाउस सांगितिक महामेलामा सहभागि गराईने कलाकारहरुको बारेमा औपचारिक रुपमा परामर्श भएको छ । स्वर्गिय गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै शव यात्रामा सामेल हुन पुगेका कोरियाका केहि प्रतिष्ठित ब्यक्तिहरु तथा नेपाल हाउस मूल ब्यबस्थापन समितिमा आबद्द दर्जनौ संस्थाका अध्यक्षहरु बिच नेपाल हाउस सचिवालयले सांगितिक महामेलामा सहभागि गराउनको लागि संभावित कलाकारहरुको बारेमा अनौपचारिक रुपमा परामर्श गरेको हो । साथै संभाबित कलाकारहरुको बारेमा बार्ता प्रकृयालाई समेत अगाडी बढाउंदै लैजाने जानाकारी नेपाल हाउस सचिवालयका संयोजक बिनोद कुंवरले जानाकारी दिनु भयो ।