जेजुडो नेपाली कम्युनिटीकी संयोजक सुभद्रा पलुङगाबाट नेपाल हाउसलाई एक लाख एकाउन्न हजार वन सहयोग

Thursday, January 15, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानले कोरियाली भूमिमा व्यापक चर्चा र चासो भई रहेको बेला कोरयाली भूमिको एक टापू जेजुडोमा समाज सेवीको भूमिका निभाई राख्नु भएकी समाजसेवी सुभद्रा पलुन्ग्वा (सुब्बा लिम्बु पलुन्ग्वा)  ले १५१,०००(एक लाख एकाउन्न) हजार वन सहयोग गर्नु भएको छ  । नेपालको ताप्लेजुङ जिल्ला दोखु ७ बाट सन २००९ मा कोरिया आई पुग्नु भएकी उहां हाल जेजुडो स्थित (Multicultural Family Sporting Center) मा नेपाली अनुबादकको रुपमा कार्यरत हुनुहुन्छ  । साथै जेजुडोमा रहेका करिव दुई सय जना नेपालीहरुको नेतृत्वदायी भूमिका निभाउंदै आउनु भएकी उहां जेजुडो नेपाली कम्युनिटीको संयोजक समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP