नेपाल हाउसलाई राप्ती सम्पर्क मंचले पांच लाख एक हजार सहयोग गर्ने
Thursday, January 15, 2015
कोरियाली भूमिमा राप्ती अञ्चलका पांच जिल्लाको प्रतिनिधित्व हुने गरि स्थापना भएको सकृय संस्था राप्ती सम्पर्क समिति दक्षिण कोरियाले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल पार्न आफ्नो संस्थाको तर्फबाट पांच लाख एक हजार वन सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका अध्यक्ष श्री प्रकाश वलीले राप्ती सम्पर्क मंचको बिशेष बैठकले नेपाल हाउसलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको बताउनु भयो । राप्ती सम्पर्क मंच दक्षिण कोरियाली भूमिमा निक्कै सकृय र समाज सेवी संस्थाको रुपमा दरिन सफल भएको छ ।