नेपाल हाउसलाई ठकुरी समाज दक्षिण कोरियाबाट १० लाख वन सहयोग गर्ने घोषणा
Saturday, January 10, 2015
छोटो समयमा नै चर्चामा आउन सफल ठकूरी समाज दक्षिण कोरियाले नेपाल दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन १०,००००० (दश लाख वन ) आर्थिक सहयोग गरेको छ । ठकुरी समाज दक्षिण कोरियाका अध्यक्ष श्री बिक्रम शिं ठकुरीज्युले कार्य समितिबाट पारित गराई घोषणा गरेको जानाकारी दिनु भयो । करिव तीन वर्ष अगाडी औपचारिक रुपमा गठन भएको ठकुरी समाज कोरियाले स्थापनाको छोटो समयमा नै सामाजिक सेवाका बिभिन्न उदाहरणिय कार्यहरु गरेर चर्चा कमाउन सफल भएको छ । निरन्तर रुपमा फ्री मेडिकल सर्भिस,चन्दा सहयोग लगायतका बिबिध कार्यहरुको अलावा नेपालीको लागि नेपाली भन्ने मूल नारा सहित दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि आयोजना हुन गई रहेको नेपाल हाउस सांगीतिक महामेलाको तयारीमा समेत ठकुरी समाजको तर्फबाट थप सकृयता बढिरहेको छ ।