नेपाल हाउसलाई काठमाडौका केशव लामिछानेबाट दुई लाख ओन सहयोग
Saturday, January 10, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन शंखरापूर नगरपालिका वडा नं. १ नाङले गणेश स्थान काठमाडौबाट कोरिया आई कोरियाको पोहाङ शहरमा कार्यरत श्री केशब लामिछानेले नेपाल हाउस व्यवस्थापन समितिलाई २००,००० (दुई लाख वन ) सहयोग प्रदान गर्नु भएको छ । नेपालीको लागि नेपाली भन्ने मूल नारा सहित दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियान भन्ने वाक्यांशबाट प्रभाबित भएर सहयोग गरेको बताउनु हुने श्री लामिछानेले आफ्नो अभावलाई केहि पछि धकेल्दै कसैको अनुरोध बिनै स्वफूर्त रुपमा सहयोग गरेको बताउनु भयो ।