एभरेष्ट करी वल्डका संचालक बुद्दी गुरुङबाट नेपाल हाउसलाई दश लाख वन सहयोग
Monday, January 12, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि तोङदेमुन स्थित एभरेष्ट करी वल्ड रेष्टुरेण्टका संचालक श्री बुद्दी गुरुङ ज्युबाट नेपाल हाउसलाई १० लाख वन आर्थिक सहयोग प्राप्त भएको छ । नेपाल टाउन भनेर चिनिने राजधानी सउलको तोङदेमुन शहरमा बिगत ८ बर्ष देखि रेष्टुरेण्ट व्यवसाय गर्दै आउनु भएका सफल व्यवसायी श्री गुरुङ यहा रहेका प्रवासी नेपालीहरुको दुख सुखमा साथ दिदै नेपालीहरु माझ उदार तथा सहयोगी ब्यक्तिको रुपमा आफूलाई चिनाउन सफल रहनु भएको छ ।