नेपाल हाउसलाई लक्ष्मी रेष्टुरेण्टका संचालक रविन तामाङबाट दश लाख वन आर्थिक सहयोग
Monday, January 12, 2015
राजधानी सउलमा नेपाली टाउन भनेर चिनिने तोङदेमुन शहरमा करिव एक दुई महिना अगाडी देखि संचालनमा आई रहेको लक्ष्मी रेष्टुरेण्टका संचालक श्री रविन तामाङ ले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि १० लाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । रेष्टुरेण्ट बाहेक अन्य ब्यापार व्यवसायहरुमा समेत राम्रै पहुंच राख्नु हुने उदार र सहयोगी मनका धनी श्री तामाङ एन आर एन कोरियाका उपाध्यक्ष समेत हुनुहन्छ ।