चितवन सम्पर्क समिति कोरिया बाट नेपाल हाउस लाई ५ लाख वोन सहयोग घोषणा
Monday, January 26, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन चितवन सम्पर्क समिति दक्षिण कोरियाले नेपाल हाउस लाई ५ लाख वोन सहयोगको घोषणा गरेको छ । आईतबार आयोजित चियापान कार्यक्रम मार्फत चितवन सम्पर्क समितिको तर्फबाट उक्त सहयोगको घोषणा गरेको हो । समितिका अध्यक्ष श्री ईन्द्र न्योपानेज्युले समितिको कार्य समितिको बैठकनाट नेपाल हाउसलाई उक्त रकम सहयोग गर्ने गरि निर्णय भएको जानाकारी दिनु भयो । चितवन सम्पर्क समिति दक्षिण कोरिया कोरियाली भूमिमा एक सकृय संस्थाको रुपमा चिनिन्छ । संस्थाले आफ्नो जिल्लामा आर्थिक भौतिक रुपमा सहयोग गर्दै आउनुको साथै हाल चितवन आवाश समेत संचालन गर्दै आएको छ ।