मेची महाकाली युनाईटेडबाट नेपाल हाउसलाई ५ लाख एक हजार सहयोगको घोषणा
Monday, January 26, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा सकृय रुपमा उदाउंदै गरेको संस्था मेची महाकाली युनाईटेडको तर्फबाट ५ लाख १ हजार वन सहयोगको घोषणा भएको छ । मेवी महाकालि युनाईटेडका अध्यक्ष श्री नविन कार्कीले आईतबार आयोजित चियापान कार्यक्रम मार्फत उक्त सहयोगको घोषणा गर्नु भएको हो । अध्यक्ष श्री कार्कीले नेपाल हाउसलाई नेपाल हाउसलाई सहयोग गर्न समतिको पूर्ण बैठकबाटै पारित गराईएको जानाकारी दिनु भयो ।
गत बर्ष नविन कार्कीको अध्यक्षतामा गठन भएको यस संस्थाको मुख्य उद्देश्य बिशेष गरि खेलकूद क्षेत्रको बिकासमा तेवा पुर्याउने र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु संग हातेमेलो गर्दै अगाडी बढ्नु रहेको छ ।