बाग्लुंग सम्पर्क समिति द्वारा नेपाल हाउसलाई १० लाख ११ हजार वोन सहयोग
Monday, January 26, 2015
बाग्लुंग सम्पर्क समिति कोरिया ले नेपाल हाउस को लागि १० लाख ११ हजार वोन सहयोग गरेको छ/कोरिया मा सन् २००१ मा स्थापित सस्था निकै सक्रिय रहदै समाज सेवाको काम मा अतुलनीय योगदान गरेको छ। भलिबल खेलमा समेत उत्कृष्ट खेल प्रदर्सन गर्दै आएको समितिले कोरियामा रहेका सबै सस्था संग हातेमालो गर्दै आएको छ.समितिले गृह जिल्ला बाग्लुंग को धौलागिरी अंचल अस्पताल मा ५ लाख ५० हजार रुपया को अक्षय कोष स्थापना गरेको छ। ३ वटा पुस्तकालय,५ लाख को लागत मा १ पुस्तकालय भवन निर्माणको अन्तिम चरण मा पुगेको छ। अर्को १ बिधालयमा करिब १५ लाख रुपयाको लागत मा ३ कोठे भवन निर्माण को अबस्थामा रहेको छ भने त्यसै गरि गल्कोट बाट एम्बुलेन्स सेवा संचालन गर्न को लागि १५ लाख रुपया को अक्षय को स्थापना गर्ने उदेश्य अनुसार १० लाख रुपया संकलन गरि सकेको छ। रेड क्रस बाग्लुंग लाई ३ लाख सहयोग गरेको छ /त्यसै गरि १ बिधयालयमा २ लाख रुपया को शैक्षिक अक्षय कोष स्थापना र अर्को १ बिध्यालयमा २ लाख रुपया को कम्प्युटर सहयोग गर्ने तयारी गरि राखेको छ.किड्नी का बिरामी ,बाढीपहिरो पिडित लाई सहयोग र फुटकर सहयोग पनि निकै धेरै गर्दै आएको छ/कोरिया मा समेत सस्थालाई सस्थागत रुपमा कुसल रुपमा विकास गर्दै अगाडी बढिरहेको छ।
http://nepalhousekorea.blogspot.kr/p/blog-page_7.html
http://nepalhousekorea.blogspot.kr/p/blog-page_7.html