प्रवासी नेपाली मंच(ONF) दक्षिण कोरियाले नेपाल हाउसलाई दश लाख एकाउन्न हजार वन सहयोगको घोषणा

Thursday, January 15, 2015

 प्रदेशी लाईफ डटकम 
http://www.pardeshilife.com/2015/01/15/36353.html

प्रबासी नेपाली मन्च ( ओएनएफ ) दक्षिण कोरियाले नेपाल हाउस निर्माणको लागी १० लाख ५१ हजार कोरियन वन रकम सहयोग गर्ने घोषणा गरेको छ ।

ओएनएफ कोरियाका उपाध्यक्ष सुरेन्द्र आचार्यका अनुसार गत डिसेम्बर २१ तरिखको ओएनएफ कोरियाको केन्द्रिय बैठकमा नै उक्त निर्णय गरिएको हो । बैठकले आफ्ना सबै मातहतका क्षेत्रीय कमिटीहरुलाइ नेपाल हाउस साङगितिक मेलालाइ भब्य रुपमा सफल पार्न सहयोग गर्न निर्देशन गरिसकेको छ । 

ब्यबस्थित र दिर्घकालिन नेपाल हाउस निर्माण गर्ने उद्देस्य साथ दस करोड वन सन्कलन अभियानको नेपाल हाउस ब्यबस्थापन समितीमा समेत रहेको ओएनएफले आफ्नो भुमिकालाइ नेपाल हाउस निर्माणमा प्रभाबकारी ढंगले निर्बाह गर्ने जनाएको छ ।
ओएनएफ प्रबक्ता सालिक बस्यालका अनुसार नेपाल हाउस निर्माण जस्तो पबित्र कामको लागी बढी भन्दा बढी रकम सहयोग गर्नु हामी सबैको कर्तब्य भएको छ र सङठनले त्यसै अनुरुपको निर्णय गरेको हो ।
ओएन एफले चौथो अधिबेशन पछि कोरिया प्रबासको हरेक सामाजिक काममा आफ्नो गतिबिधीमा बढाउदै लगेको छ ।यही साता आन्सानमा क्षेत्रीय अधिवेशन गरेको ओएनएफले कोरियामा आफ्नो संगठनलाई मजबुद बनाउदै लगिरहेको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP