दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि नेपाल मगर संघको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्दता
Sunday, January 18, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको दश करोड संकलन अभियानको लागि नेपाल मगर संघ गणतन्त्र कोरियाले पूर्ण रुपमा समर्थन र सहयोग गर्ने प्रति बद्दता जनाएको छ । गत छुसकमा नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया कार्यक्रमलाई ऐतिहांशिक रुपमा सफल बनाउंदै कार्यक्रमबाट भएको मूनाफा रकमबाट नेपालका पिछडिएका जनाजातिको उत्थानको लागि करिव पांच करोड वन बराबरको अक्षय कोष खडा गरि सामाजिक सेवामा अग्रणी भूमिका निभाएको संघले दश करोड संकलन अभियानलाई समेत सकृय रुपमा सहयोग गर्ने प्रतिबद्दता जनाएको हो । अनलाईन मिडियाहरु मार्फत प्रकाशित समाचार अनुसार आर्थिक संकलन समिति गठन पश्चातको पहिलो चरणमै करिव १५ लाख वन भन्दा बढि संकलन गरिएको थाहा भएको छ ।