कोरिया कै पुराना तथा सफल व्यवसायी राम थापाबाट नेपाल हाउसलाई ५ लाख ५१ हजार वन सहयोगको घोषणा
Tuesday, January 20, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको दश करोड संकलन अभियानलाई सफल बनाउन समाजसेवी तथा सफल व्यवसायी श्री राम थापाज्युले ५५१,००० (पांच लाख एकाउन्न हजार वन) सहयोग गर्ने घोषणा गर्नु भएको छ । उहांको सुवन शहरमा थापा वुयक (Thapa Export & Import) मार्ट संचालनमा छ । समाजसेवी भावना,मिलन स्वभाव र उदार मनका धनी व्यक्तित्व श्री थापाले आफ्नो व्यवसाय संगै समाज सेवालाई पनि एक साथ लैजानु भएको छ ।