माउण्ट एभरेष्ट रेष्टुरेण्टका संचालक प्रेम गुरुङबाट नेपाल हाउसलाई पांच लाख एक हजार सहयोगको घोषणा
Tuesday, January 20, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको सुवन शहर स्थित माउण्ट एभरेष्ट रेष्टुरेण्टका संचालक तथा सफल व्यवसायी श्री प्रेम गुरुङज्युले नेपाल हाउसलाई पांच लाख एक हजार वन सहयोगको घोषणा गर्नु भएको छ । उहांको सुवन शहरको सुवन स्टेशन नजिकै माउण्ट एभरेष्ट रेष्टुरेण्ट संचालनमा आई रहेको छ । नेपालको चितवन जिल्ला मुग्लिनबाट कोरिया आई लगातार आठ वर्ष सम्म प्रभु मनि ट्रान्सफर कोरिया शाखा म्यानेजिङ डाईरेकटरको रुपमा रहनु भएको उहां हाल राजधानी सउलको यङडम्फो शहर र सुवन शहरमा गरि क्रमश:: मार्ट तथा रेष्टुरेण्टहरुको संचालन गर्दै व्यावसायिक रुपमै स्थापित भई सक्नु भएको छ ।