नेपाली जन सम्पर्क समितिका उप सभापति गिरीराज कुंवर बाट नेपाल हाउसलाई पांचलाख वन सहयोगको घोषणा
Monday, January 12, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका उप सभापति श्री गिरी राज कुंवरले नेपाल हाउस व्यवस्थापन समितिलाई ५००,००० (पांच लाख वन) सहयोग गर्ने घोषणा गर्नु भएको छ । कोरियामा सकृय समाज सेवीको रुपमा परिचित श्री कुंवर चितवन जिल्लाबाट कोरिया आउनु भएको हो । उहां नेपाल कोरिया न्युज डट कमका सम्पादक समेत हुनु हुन्छ ।