
हेटौडा ९ पशुपति नगरबाट ईपिएस भीषा मार्फत कोरिया आई कोरियाको नामयाङजु सी स्थित याङजिरीको एक कम्पनीमा कार्यरत मनोज कु्मार सुबेदी ज्युले दीर्घकालिन र व्यवस्थित नेपाल नेपाल हाउसको लागि एक लाख वन सहयोग गर्नु भएको छ । नेपाल हाउसको परिकल्पना र उद्देश्यबाट प्रभावित भई स्व ईच्छाले आफू सक्दो सहयोग गरेको बताउनु हुने श्री सुबेदी हाल आफू स्वयं ढाडको बिरामी हुन हुन्छ । कोरिया आएको जम्मा एक बर्ष भएको बताउने उहां गायन तर्फका कलाकार समेत हुनु हुन्छ ।