नेपाल हाउसलाई पूजा १ रेष्टुरेण्टकी संचालिका लक्ष्मी लामा गुरुङबाट पांच लाख वन सहयोगको घोषणा
Tuesday, January 13, 2015
राजधानी सउलको नेपाली टाउन भनेर चिनिने तोङदेमुन शहरमा संचालित लक्ष्मी मार्ट र पूजा ट रेष्टुरेण्टका संचालिका श्रीमती लक्ष्मी लामा गुरुङ ज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि पांच लाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । नेपालीहरुलाई बिभिन्न दुख तथा सुखहरुमा निरन्तर साथ र सहयोग गर्दै आउनु भएकी सफल व्यवसायी श्रीमती गुरुङज्यु सकृय संस्था वुमन फर वुमन दक्षिण कोरियाकी संरक्षक समेत हुनुहुन्छ ।