
रोजगारको लागि कोरियाली भूमिमा आई पुगेका प्रवासी नेपालीहरुको हक,हित र अधिकारको लागि निरन्तर संघर्ष गर्दै आउनु भएका एम टि यु कोरियाका अध्यक्ष श्री उदय राई ज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि पांचलाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । खोटाङ जिल्लाबाट कोरिया आउनु भएका उहां यहां रहेका लाखौ बिदेशी मजदूरहरुको हक ,हित र अधिकारको लागि संघर्षरत संस्था एम टि यु मा रहेर लामो समय प्रवासी मजदूरहरुको सेवा गर्दै आउनु भएको छ ।