सोलुका अध्यक्ष प्रकाश राई बाट नेपाल हाउस लाई ३ लाख वोन सहयोगको घोषणा
Tuesday, January 27, 2015
दीर्घकालिन रुपमा नेपाल हाउस संचालन गर्न को लागि सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रकाश राईज्युले ३ लाख वोन सहयोग गर्ने घोषणा गर्नु भएको छ । अध्यक्ष श्री राईले हालै मात्र सोलु सम्पर्क समिति को जिम्मेवारी सम्हाल्दै सस्था लाई सक्रिय रुपमा अगाडी बढाई रहनु भएको छ । सोलु जुबु गाबिस ८ स्थाई घर भै हाल इन्छन मा कार्यरत उहां समाजसेवा प्रति निकै रुची का साथ लागि पर्नु भएको छ । उहांले नेपाल हाउस व्यवस्थापन समितिको आयोजनामा सम्पन्न नेपाल हाउस सांगीतिक महामेलाको टिकट व्यवस्थापनमा रहेर सकृय रुपमा आफ्नो जिम्मेवारी बहन गरि रहनु भएको छ ।