गुल्मी सम्पर्क समितिबाट नेपाल हाउसलाई ५ लाख ६५ हजार वन सहयोगको घोषणा
Monday, January 19, 2015
कोरियाली भूमिमा एक सकृय संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पांच लाख पैंसठ्ठी हजार वन सहयोग गर्ने घोषणा गरेको छ । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको कार्य समितिकाअध्यक्ष श्री प्रेम ज्ञवालीज्युले दिनु भएको जानाकारी अनुसार गत आईतबार बसेको संस्थाको बिशेष बैठकबाट नेपाल हाउसलाई ५६५,००० सहयोग गर्ने घोषणा गरेको हो । गुल्मी सम्पर्क समिति दक्षिण कोरिया समाज सेवाको क्षेत्रमा चर्चित नाम हो । संस्थाले गत बर्षको छुसकमा आयोजना गरेको रेशुङगा सांस्कृतिक सौगातको आयोजना गरेर त्यसबाट भएको मुनाफा रकमबाट रुद्र बेनी बृद्दाश्रमलाई पूर्ण रुपमा सहयोग गरेको छ । त्यस्तै कोरियाली भूमिमा हरेक बर्ष आयोजना हुने प्रतिष्प्रर्धात्मक भलिबल खेल प्रतियोगितामा समेत संस्थाले राम्रो पकड राख्न सफल भएको छ । खेलकूद लगायत परोपकारी कार्यमा निक्कै अगाडी रहेको गुल्मी सम्पर्क समिति दक्षिण कोरिया कोरियामा रहेका हरेक संस्थाहरु संग हातेमेलो गर्दै अगाडी बढेको छ ।