नेपाल तामाङ संघबाट नेपाल हाउसलाई ५ लाख एक हजार वन सहयोग गर्ने घोषणा
Monday, January 19, 2015
दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा एक सकृय संस्था नेपाल तामाङ संघ दक्षिण कोरियाले पांच लाख एक हजार वन सहयोग गर्ने घोषणा गरेको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष श्री देव शिं तामाङले दिनु भएको जानाकारी अनुसार गत आईतबारको दिन बसेको कार्य समितिको पूर्ण बैठकले नेपाल हाउसलाई ५०१,००० वन सहयोग गर्ने निर्णय गरेको हो । नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली भूमिमा आफ्नो जातिय भेष भूषा, संस्कार र संस्कृतिको संरक्षणको लागि विविध कार्यक्रमहरुको आयोजना गर्दै आउनुको साथै कोरियामा रहेका हरेक संघ संस्थाहरु संग भाईचाराको सम्बन्ध सहित सुख दुखमा हातेमेलो गर्दै आई रहेको छ ।