चार महिना अस्पतालको बेडमा बसेरै भए पनि धुलिखेलका केशव सापकोटाबाट नेपाल हाउसलाई पांच लाख वन सहयोग

Wednesday, January 21, 2015

 दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन धुलिखेल ६ बागमतीबाट कोरिया आउनु भएका श्री केशव सापकोटाबाट ५ लाख वन सहयोग प्राप्त भएको छ । श्री सापकोटा सुनौलो  सपनाको साथ धुलिखेल ६ बाट कोरिया आउनु  भएको भएता पनि कहिल्य अस्पतालको बेड त कहिल्य नेपाल हाउसको वास गर्दै प्रवासी जीवन बिताउनु भएको थियो । ब्यापार अध्ययनमा मास्टर्स डिग्री गर्नु भएको उहां केहि समय अघि बिरामी भई करिव ४ महिना लगातार अस्पतालको बेडमा बस्नु परेको थियो  भने करिव एक डेढ महिना नेपाल हाउसमा बिताउनु भएको थियो । भएर होईन चाहेरै नेपाल हाउसलाई सहयोग गरेको बताउनु हुने श्री सापकोटा हाल सामान्य काम गर्नु हुन्छ । उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट  हार्दिक धन्यबाद ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP