वुमन फर वुमन की निबर्तमान अध्यक्ष जुनु गुरुङ बाट नेपाल हाउस लाई १० लाख वोन सहयोग /
Wednesday, January 14, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल
हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन वुमन फर वुमन कि निबर्तमान अध्यक्ष जुनु गुरुङ ले १० लाख वोन सहयोग गरेका छन् /नेपालको लम्जुंग जिल्ला बाट व्यवसाय गर्न कोरिया आएकी जुनु गुरुङ २०१० देखि वुमन फर वुमन को सस्थापक उपाध्यक्ष, २०१२- देखि २०१४ सम्म अध्यक्ष हुदै सफल कार्यकाल बिताएकी गुरुङ हाल बरिष्ठ सल्लाकारको रुपमा सामाजिक कार्यमा सक्रिय रहेकी छन्/गुरुङ को पालामा वुमन फर वुमन को सामाजिक गतिबिधिलाई उच्च स्थानमा पुराउदै परदेशी लाइभ डट कम बाट उत्कृष्ट संस्थाको रुपमा हालै सम्मानित गराउन सफल भएकी थिईन /सरल मिलनसार र सहयोगी भावना भएकी गुरुङले सुभेच्छा मार्ट र रेस्टुरेन्ट संचालन गर्दै आएकी सफल ब्यवसाही पनि हुन् /