नेपाल हाउसलाई सुदुर पश्चिम समाजका पुर्व अध्यक्ष सुवाष हमालज्युबाट पांचलाख एकाउन्न हजार वन सहयोग
Wednesday, January 14, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सुदुर पश्चिम समाजका पुर्व अध्यक्ष श्री सुबाष हमाल ज्युले ५५१,००० ( पांचलाख एकाउन्न हजार वन ) सहयोग गर्नु भएको छ । कैलाली जिल्लाको टिकापूरबाट कोरिया आउनु भएका श्री हमाल कोरिया आए देखि नै सामाजिक सेवामा सकृय हुनुहन्छ । उहांको सुदुरपश्चिम समाजमा नेतृत्वदायी भूमिका पश्चात पनि आफ्नो समाज र कोरियामा रहेका सम्पूर्ण नेपाली समाजमा नै एकापसमा हातेमेलो गर्दै प्रवासी भूमिमा समाज सेवाको भूमिका निभाई रहनु भएको छ ।