धादिङका सफल व्यवसायी कमल तामाङबाट नेपाल हाउसलाई ११ लाख वन सहयोग
Wednesday, January 21, 2015
धादिङ जिल्लाबाट कोरियाली भूमिमा आई व्यापार व्यवसायलाई मुख्य पेशा बनाउनु भएका समाज सेवी तथा सफल व्यवसायी श्री कमल तामाङज्युले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन ११ लाख वन सहयोग गर्नु भएको छ । राजधानी सउलको यङदम्फो शहर स्थित लक्ष्मी रेष्टुरेण्टका संचालक रहनु भएका श्री तामाङको कोरियाको फेन्टेक शहरमा समेत चल्टीको पसल रहेको छ । आफ्नो व्यवसाय संगै समाज सेवामा समेत चाख राख्नु हुने समाजसेवी श्री तामाङ ज्युले स्वफूर्त रुपमा नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।