
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन ईपियस भीषा मार्फत कोरिया आई कार्यरत समाज सेवी शान्ता पाण्डेबाट १ लाख वन सहयोग प्राप्त भएको छ । रोजगारको लागि कोरिया आई पुग्नु भएकी समाज सेवी पाण्डे नेपालमा नारीको लागि लागि नामक संस्थामा आबद्द हुनु हुन्छ । उहां सहित २१ जनाको समूहमा स्थापना गरिएको उक्त संस्था मार्फत हाल नेपालमा एक करोड एक रुपैयाको परोपकारी अक्षयकोष खडा भएको छ । उहां समेत संस्थापक सदस्य रहेको यस कोषको ब्याजबाट अहिले नेपालमा अार्थिक अबस्था कमजोर भएका पांच जना नानीहरु (छोरी) हरुले निशुल्क अध्ययन गरि रहेका छन ।