नेपाल हाउसलाई नमस्ते किम्हे रेष्टुरेण्टका संचालक राजु तामाङबाट नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोग
Tuesday, January 20, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नमस्ते किम्हे रेष्टुरेण्टका संचालक तथा सफल व्यवसायी श्री राजु तामाङ ज्युले नेपाल हाउसलाई पांच लाख एक हजार वन सहयोग प्रदान गर्नु भएको छ । कोरियाको दोश्रो ठूलो शहर बुसान देखि नजिकै रहेको किम्हे शहरमा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनु भएका श्री तामाङ समाज सेवी आवनाले ओटप्रोट हुनुहुन्छ । उहांलाई बुसान किम्हे एरियामा राम्रो पकड जमाउन सफल व्यवसायीको रुपमा लिईन्छ ।